ब्रेकअपको पार्टीः पुराना निर्मातालाई देखाउन कि नयाँलाई फकाउन ?

दिक्षा कट्टेल : निर्माता रोहित अधिकारीले फिल्म छाडेपछि निर्माता हेमराज वीसीले द ब्रेकअप फिल्मको इन्ड क्ल्याप पार्टी धुमधामका साथ गरे । फिल्म क्षेत्रमा उनका नजिकका हस्ती र पत्रकारलाई बोलाएर भव्य पार्टी भयो ।
५ बजेलाई बोलाइएको कार्यक्रम ७ बजे सुरु भयो । ७ बजे सुरु हुनुको कारण, कार्यक्रम हलमा टाग्नलाई तयार पारिएको ब्यानर थियो । ब्यानर यति लामो थियो कि, टाग्ने ठाउँ नै सानो भयो । त्यही ब्यानर टाग्नकै लागि २ घन्टा लगाइयो । ब्यानर अलपत्रको हुँदा कार्यक्रम नै झन्डै अलपत्रको भएको ।
पुराना निर्माता रोहित अधिकारीले छाडेको कुरामै पार्टी बढी फोकस भयो । निर्देशक र निर्माता हेमराज वीसीले रोहितले छाड्नुको कारण कति लुकाए, कति देखाए ।
नयाँ निर्माताको अनुहार किन निन्याउरो भनेर पत्रकारले प्रश्न पनि गरेका थिए । जवाफ हेमराज आफैले दिए । यत्रो लगानी गरेपछि के हुने हो कसो हुने हो भन्ने नयाँ निर्मातालाई लागेको होला भनेर जवाफ दिए हेमराजले ।
पार्टीको तामझाम नयाँ निर्माता फकाउन थियो कि पुरानालाई देखाउन ? तर, द ब्रेकअपले नयाँ बाटो भने अब लिएको छ ।

आइटम गीतमा जम्दै वर्षा सिवाकोटी

रेखालाई बेनिशाको करिअरको चिन्ता

पल र करिश्मालाई कती हतार ?

जताततै स्वस्तिमा

निश्चलसँग फिल्म गरेपछि स्वस्तिमाको प्रशंसा नै प्रशंसा
_1K2RpWMqh9_xab27tnubq43azrglygwvoolehh3h6uzc4cwyqj1hafkgroeljph7miww65a_dv3YlHBppK_y3vjhpehzhgkzt3nxbipqq7xtywutpuytdoihkbzlexduakkblr5zhlf8p2b.jpg)
वर्षाको प्रचारः फिल्मको कुरा एकातिर, डिभोर्सको चर्चा चारैतिर

विरामी अनमोल: ठमठम हिँड्दै प्रहरी, सरकारी वकिल कार्यालय र अदालत पुगे !

प्रतिक्रिया