प्रदिप खड्काको भिन्न चार अवतार

चर्चा र विवाद बीच फिल्म ‘रोजी’ भाद्र २२ मा रिलिज हुने भएको छ । प्रदिप खड्का स्टारर फिल्म रोजीको टिजर र गीत केहि समय अघि सार्वजनिक गरिएको थियो ।  क्राइम थ्रिलर फिल्म ‘रोजी’ को पोष्टरमा प्रदिप खड्काको भिन्न भिन्न चार अवतार सार्वजनिक भएको छ । कलाकारले एक फिल्ममा दूई फरक भूमिका निभाएको सामान्यतय देख्दै आईएको छ । तर यस फिल्ममा भने लिड रोलमा रहेका प्रदिपलाई चार भिन्न रुपमा प्रस्तुत गरिएको छ ।

गोपी कृष्ण मुभिज र आरोही इन्टरटेनमेन्टको संयुक्त ब्यानरमा निर्मित फिल्म ‘रोजी’मा नायक प्रदिप खड्का सँग नायिका पर्मिता आरएल राणा र नायिका मिरुना मगरले स्क्रिन सेयर गर्दैछन् । फिल्ममा प्रदिप, मिरुना र पर्मिताका अलावा कर्मा शाक्य, बरुण आरएल राणा, रबिन्द्र खड्का, प्राक्षी श्रेष्ठ लगायतको अभिनय रहेको छ । निरक पौडेलले निर्देशन गरेको फिल्म रोजीमा आयरा पौडेल र आरोही केसीको निर्माण रहेको छ । फिल्ममा राजु बिक्रम थापाको छायाङ्कन, मित्र डि गुरुङको सम्पादन, अर्जुन पोखरेलको संगीत र कबिराज गहतराज र रिशब टोट्लानीको कोरियोग्राफी रहेको छ ।
हेरौ प्रदिपको चार भिन्न रुप :