एक अर्काको मायामा बाधिएका सृष्टि र आर्यन

फिल्म ‘बाँध मायाले’ को शिर्ष गीत सार्वजनिक भएको छ । अभिनेत्री सृष्टि श्रेष्ठ र अभिनेता आर्यन अधिकारी स्टारर फिल्मको गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको छ । सुगम पोखरेल र अञ्जु पन्तको स्वर रहेको गीतको एरेञ्ज उदयराज पौडेलले गरेका हुन् । कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियोमा आर्यन र सृष्टि फिचर्ड छन् ।
रामहरी धिताल र विभेषिका श्रेष्ठको समेत निर्माण रहेको फिल्म ‘बाँध मायाले’ मा महेन्द्र अधिकारी र केदार धितालको सह-निर्माण रहेको छ । काईट्स ईन्टरटेनमेन्टको प्रस्तुती रहेको बाँध मायालेमा नायक आर्यन अधिकारी र नायिका सृष्टि श्रेष्ठले पहिलो पटक स्क्रिन सेयर गरेका छन् । आर्यन र सृष्टिसँगै फिल्ममा राजाराम पौडेल, विशाल चाम्लिङ र रविन होड सेनको अभिनय छ । किशोर खड्काले बाँध मायाले मार्फत नायकको रुपमा डेव्यु गर्दैछन् । फिल्ममा अर्जुन पोखरेलको संगीत, बाबु श्रेष्ठको छायाँकन, रोशन श्रेष्ठको द्धन्द्ध निर्देशन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी रहेको छ । लभ स्टोरी फिल्मलाई सविर श्रेष्ठले लेखन, निर्माण तथा निर्देशन गरेका हुन ।

‘तेल भिसा’मा जोडिइन् वर्षा, विपिनसँग छैटौं पटक जोडी बाँध्दै

‘चित्रा’को पोष्टरमा सन्तोष, अर्पण, प्रमोद, मेनुका, शुभेक्षा र अन्जना

अरिजित सिंहले नेपाली राष्ट्रिय झण्डा ओड्दा राजेश पायलको प्रश्न

फिल्ममा सफ्ट, सोसल मिडियामा बोल्ड आँचल

३ फिल्म बनाउँदै रोहित, ‘बरिष्ठ बलराम’मा दयाहाङको इन्ट्री

‘बगान’बाट निर्देशनमा कति सफल सरोज खनाल ?

करिअर जोडिएको फिल्मको प्रचारमा मौन छन् आकाश श्रेष्ठ

प्रतिक्रिया