आइटम गीत सँगै फिल्म ‘सुर्यास्त’ इन्ड क्ल्याप

आइटम गीतको छायांकन गर्दै फिल्म ‘सुर्यास्त’ को छायांकन सकिएको छ । उक्त आइटम गीतलाइ दिनेश पाख्रिनले कोरियोग्राफि गरेका छन् । आइटम गीतमा अप्सरा राईले पहिलो पटक नृत्य गरेकी छन् ।

राज बस्न्यातको निर्माण निर्देशन रहेको फिल्म सुर्यास्तमा किशोर खतिवडा , प्रज्वल गिरि , अप्सरा राइ , पनाह अधिकारी , रितेश श्रेष्ठ काजि रम्तेल लगायतका कलाकारको अभिनय रहेको छ । त्रिकोणात्मक प्रेमकथा रहेको गीतमा बिकाश चौधरी र जनम राइको संगीत रहेको छ । फिल्मको कथा पटकथा पनाह अधिकारीले लेखेकी हुन् । फिल्म मंसिरमा रिलिज गरिने निर्माण पक्षले बताएको छ ।