पूजाप्रति सुदर्शनको प्रेम

फिल्मी दुनियाँमा निर्देशक सुदर्शन थापा र अभिनेत्री पूजा शर्माको प्रेम छ भन्ने हल्ला छ । साथी मात्र भएको भनाई उनीहरुले प्रस्तुत पनि गर्छन् । तर, दुबैले सँगै काम गर्ने भएकाले पनि उनीहरुको प्रेमको हल्ला भएको । तर, बेला बेलामा यी दुइले दिने बयानले पनि प्रेमको हल्लालाई मलजल गरेको छ ।

निर्देशक थापाले फेसबुकमा लेखेको एउटा गीतको अंशले फेरि उनी र पूजाको प्रेमको हल्लालाई मलजल मिलेको छ । म यस्तो गीत गाउँछु फिल्ममा समावेश ‘भन्छु आज’ बोलको गीतको थोरै अंश उनले सापटी लिएका छन् । यहाँसम्म त ठूलो कुरा थिएन । तर, उनले आफू र अभिनेत्री पूजा शर्माको तस्बिर पनि राखेका छन् । सुदर्शनले यो गीतको अंश पूजाकै लागि लेखेको सबैले वुझे । प्रेम हावामा उडिरहेको छ भन्ने खालका प्रतिक्रिया आउन लामो समय लागेन ।

तिम्रो साथमा भएर हास्न सजिलो हुन्छ मलाई, भविष्य संझिएर बाच्न सजिलो हुन्छ मलाई बोलको गीत राख्दै उनले पूजाप्रति प्रेम देखाएका छन् । हुन पनि, सुदर्शनको करिअरमा पूजाको ठूलो योगदान छ । पूजा र सुदर्शनको मिलनले उनीहरुलाई नै फिल्म दुनियाँमा बलियो बनाएको छ । तर, सुदर्शनले यो तस्बिर राखेर प्रेम व्यक्त गर्दा पूजा खुशी छिन् कि  रिसाइन् होला ?