अमेरिकी नागरिक जन्माउदै अभिनेत्री युना उप्रेती

नेपाली फिल्म क्षेत्रमा आधा दशक बिताएकी अभिनेत्री युना उप्रेती आमा बन्ने भएकी छन । कारीब ५ बर्षअगि एक सास्कृतिक कार्यक्रमका बिच अमेरिका छिरेकी अभिनेत्री उतै घरजम गरी बस्न थालिन । बायोक्यामेस्ट्रीमा पि एच डि गर्दै गरेका बिकास अधिकारीसँग प्रेम सम्बन्धमा रहेकी युनाले अमेरिका पुगेको ४ ५ महिना मै उनीसँग विवाह गरिन ।

विवाह गरेको पाच बर्ष पछाडी आमा बन्न लागेकी युनाले सामाजिक संजालमा तस्विर पोस्ट गर्दै यसको जानकारी दिएकी हुन् । उनको बच्चा २५औ हप्ताको गर्भावस्थामा रहेको छ । उनले तस्विर शेयर गर्दै लेखेकी छन् :

मेरो बच्चाले मलाई आमाको रुपमा जन्म दिईसकेको छ । मेरो जीवनको सबैभन्दा ठुलो आशिर्वाद हो । यसै कारण ममा धेरै परिवर्तन आएको छ । म आफुलाई अझ बलियो, सुन्दर, मायालु र शक्तिले भरिपुर्ण पाइरहेकी छु।

नेपाली फिल्म क्षेत्रमा आधा दशक बिताएकी युनाले लावारीस, पहिलो पहिलो माया, पर्खि बसे, त्रिशुल लगायत १४ फिल्ममा काम गरेकी छन ।