‘मेरी पहिलो श्रीमती निकै कठोर थिइन्’ आमिर खान

बलिउडका मिस्टर परफेक्सनिस्ट अभिनेता आमिर खान प्राइभेसी मेन्टेन गर्न सक्ने कलाकार अन्तर्गत पर्छन । उनी आफ्नो व्यक्तिगत जीवनका कुराहरु मिडीयामा ल्याउन चाहादैनन् र अहिल्याउदैनन पनि ।  आमिरको पहिलो विवाह असफल भएको थियो । रिनासँग विवाह गरेको १६ वर्षपछि उनले डिभोर्स गरेका थिए । त्यसको केहि समय पस्चात उनले किरण रावसँग दोस्रो विवाह गरे । दोश्रो विवाहमा भने उनी खुशी छन् । आमिरले हालै एक चिनीया पत्रकारसँगको अन्तरवार्तामा आफ्नो वैवाहिक जीवनबारे पहिलोपटक मुख खोलेका छन् । उनले आफ्नो पहिलो र दोस्रो श्रीमतीको बारेमा मिडीयासामु बोलेका हुन् । आमिरले आफ्नी पहिलो श्रीमती रिना निकै कठोर भएको, उनको र आफ्नो शैली पटक्कै नमिलेको बताए । डिभोर्स पस्चात पनि उनले रिनालाई सम्मान भने गर्ने गरेका छन् ।

डिभोर्सको केही समय पस्चात उनको किरणसँग भेट भएको थियो । किरण आमिरको फिल्म लगानमा सहायक निर्देशन थिईन् । त्यही क्रममा उनीहरुबीच मित्रता भयो । आमिर भन्छन् “जतिबेला म एक्लोपनमा जलिरहेको थिए, मेरो जिन्दगीमा किरण आईन् । सुरुमा त मैले उनलाई राम्रो साथीको रुपमा मात्र लिएको थिए । तर, एक दिन उनले मलाई फोन गरिन् । हामीबीच धेरै कुरा सेयर भयो । करिब ४५ मिनेट कुरा गरिसकेपछि मलाई आफ्नो मन कता कता खुशी र प्रफुल्ति भएको महसुस भयो । मलाई प्रेमको आभास भयो । त्यसपछि हामीले डेट गर्न थाल्यौं । र, एक दिन मैले उनलाई विवाहको प्रस्ताव गरे । उनले स्वीकारिन् ।” किरणको राम्रो पक्ष के लाग्छ भन्ने प्रश्नमा उनले भने, “उनी एकदम सरल तर साहसी महिला हुन् । उनको यही गुणबाट म प्रभावित छु ।”