निखिल र संचिताको क्रेज सकिएको हो ?

योगेश घिमिरेले राधा फिल्ममा अभिनेत्री संचिता लुइटेललाई मुख्य भूमिकामा राखेका थिए । यो फिल्मले व्यापार पनि ठिकठाक नै गरेको हो । संचिताको अभिनयलाई पनि दर्शकले मन पराएका हुन् । तर, राधा २ बनाउन लाग्दा संचितालाई योगेशले लिन आवश्यक नठानेको देखियो । योगेश पनि बलेको आगो ताप्न तिरै लागे । उनले प्रियंका कार्कीलाई राधा बनाउने भएका छन् ।

प्रियंकाले संचितालाई विस्थापित गर्दा संचिताको क्रेज सकिएको प्रतिक्रिया फिल्मी बजारमा सुनिन थालिएको छ । संचिताको साना ब्यानरका एक दुई फिल्म रिलिज हुन बाँकी छन्, अरु केही छैन ।

संचिताको मात्र होइन, अभिनेता निखिल उप्रेती क्रेज पनि सकिएको चर्चा सुरु भएको छ । आफूले बनाउन लागेको कमिटमेन्ट फिल्म निखिलले पुरा गर्न सकेका छैनन् । अरु, निर्माताले उनलाई फिल्ममा लिन चाहेका छैनन् । द्वन्द बाहेक अरु फिल्म गर्न नसक्दा निखिललाई खाली हात बस्नुपरेको छ ।

अब, निखिल र संचिताले नै एउटै फिल्ममा सँगै काम गरे के होला ?