प्रियंकाको इन्गेजमेन्ट रिङ

पछिल्लो समय बलिउड अभिनेत्री प्रियंका चोपडा र अमेरिकी गायक निक जोनासको प्रेमले बजार तताईरहेको छ । लामो समयको प्रेम चर्चा पस्चात प्रियंका र निक जोनासले ईंगेजमेन्ट गरेका छन् । यसबारे प्रियंकाले भने केहि बोलेकी थिईनन् । तर हालै उनी आफैले आफ्नो इन्गेजमेन्ट रिङ सार्वजनिक गरेकी छन् । केहि समय अघि प्रियंका मनिष मल्होत्राको फेसन शोमा पुगेकी थिईन र त्यहाँ उनले रविना टन्डनसँग एक सेल्फी पनि खिचिन् । उक्त सेल्फी उनले आफ्नो ईन्स्टाग्राममा पोष्ट गरिन् ।

सेल्फीमा प्रियंकाको हातमा औँठी देख्न सकिन्छ । तस्विर हेर्दा उनले जानेरै औँठी देखाएको बुझ्न सकिन्छ । सायद उनी अब धेरै समय आफ्नो निजी सम्वन्ध लुकाउने पक्षमा छैनन् । प्रियंकाले आफ्नो जन्मदिनमा लन्डनमा निकसँग ईंगेजमेन्ट गरेको बताइन्छ । उक्त ईन्गेजमेन्टको कुनै पनि तस्विर भने अहिलेसम्म सार्वजनिक भएको छैन । भारतिय मिडीयाका अनुसार उनीहरु छिट्टै विवाह गर्ने तयारी गरिरहेका छन् ।