फ्राइडे रिलिज : तीन बिदेशी फिल्मसँग जुद्दै चार नेपाली फिल्म

फ्राइडे रिलिज अन्तर्गत भाद्र १ गते तीन नेपाली फिल्म ‘मिस्टर भर्जिन’, ’ब्ल्याक’, ‘जय शम्भु’ र ‘बार्हमासे हलहरुमा लागेका छन् । बुधबार मात्रै दुई हिन्दि फिल्म ‘गोल्ड’ र ‘सत्य मेव जयते’ तथा बिहिबार अर्को एक अंग्रेजी फिल्म ‘अल्फा’ रिलिज भएका छन् । यसरी हेर्दा आज रिलिज भएका चार नेपाली फिल्मले एक आपसमा त छदैछ त्यस बाहेक तीन बिदेशी फिल्मसँग ब्यवसायिक टक्कर गर्नुपर्ने देखिन्छ । यो अवस्थामा नेपाली फिल्मले कस्तो व्यापार गर्ने हो त्यो भने हेर्न बाकी नै छ  ।

तीन युवाको यौन मनोविज्ञानको कथालाई समेटेको फिल्म ‘मिस्टर भर्जिन’ आजबाट रिलिज भएको छ । वोर्ल्ड वाइड फिल्म्स डिस्ट्रिव्यूसन प्रा.लीको ब्यानरमा निर्माण भएको फिल्मलाई विशारद बस्नेतको निर्देशन गरेका हुन् । फिल्ममा गौरव पहारी, विजय बराल, कमलमणि नेपाल, मरिश्का पोख्रेल, भोलाराज सापकोटा, रविन्द्र झा, सिर्जना सुब्बा लगायतका कलाकारको अभिनय रहेको छ । ‘मिस्टर भर्जिन’मा महेश दवाडीको कथा, रामेश्वर कार्कीको छायाङ्कन, विक्रम स्वाँर, दीपक याम सिंहको कोरियोग्राफी, सुरज पण्डित, श्रीकृष्ण बम मल्ल, बुलेट फ्लो, आधा सुर, आर जे, मिस्टर प्रिन्सको सङ्गीत र मिलन डी. काप्रीले सम्पादन रहेको छ । खिलेन्द्र तिमल्सिना, प्रजापति सिवाकोटी, मुकेश रेग्मी र बिशारद बस्नेतको निर्माण रहेको फिल्ममा सह निर्माताको रुपमा सन्दिप उप्रेती रहेका छन् ।

आकाश श्रेष्ठ र आँचल शर्मा स्टारर फिल्म ’ब्ल्याक’ पनि आजबाटै हलमा लागेको छ । फिल्मका निर्देशक प्रदीप श्रेष्ठले फिल्मले जिन्दगीका रङहरुको ब्याख्या गर्ने बताउदै आएका छन् ।  मौनता श्रेष्ठको कथामा बनेको फिल्मका कार्यकारी निर्माता चेतनकुमार पाण्डे हुन् । फिल्ममा आकाश र आँचलसँगै सुन्दर श्रेष्ठ, आयुष रिजाल, प्रिया रिजाल, धिरेन शाक्य लगायत कलाकार लिड रोलमा छन् ।

दिनेश शाही प्रस्तुतकर्ता रहेको फिल्म ‘जय शम्भु’ मा अरविन्द्रमान शाक्य निर्माताको रुपमा रहेका छन् भने चक्र पाख्रिन कार्यकारी निर्माता हुन् । यस्तै सह निर्माताहरु कुशल शर्मा र शिक्षा काफ्ले रहेका छन् । फिल्मलाई रुपेश तामाङले निर्देशन गरेका हुन् । फिल्ममा हरि घले लामाको छायाँकन,  श्री श्रेष्ठको एक्शन, टंक बुढाथोकीको संगीत,  बनिश शाहको सम्पादन,  रामजी लामिछानेको नृत्य रहेको छ । फिल्ममा प्रशान्त ताम्राकार, अनुप बिक्रम शाही र बर्षा सिवाकोटीसँगै रोशन महर्जन,  करुणा पाण्डे,  रश्मी भट्ट,  बसन्त भट्ट,  राज कुमार थापा,  कालु राना लगायत कलाकारको मूख्य भुमिका रहेको छ ।

जयकिशन बस्नेत स्टारर कमेडी फिल्म ‘१२ मासे’ का लेखक तथा निर्माता प्रदीप पाठक रहेका छन् । फिल्ममा जयकिशनका साथै पुजना प्रधान, मरिचमान श्रेष्ठ, पुरन थापा, प्रदीप पाठक, सोनिका बास्तोला लगायतको अभिनय रहेको छ । फिल्ममा अर्जुन पोखरेल र कल्याण सिंहको संगीत रहेको छ । बासु न्यौपानेले छायांकन रहेको ‘१२ मासे’ लाई अनन्त घिमिरेले सम्पादन गरेका हुन् । फिल्मका निर्देशक लय संग्रौला हुन् ।