‘मेरी मामु’को ट्रेलर रिलिज

‘प्रेम गीत’, ‘प्रेम गीत २’ जस्ता सफल फिल्म निर्माण गरेका निर्माता सन्तोष सेन निर्मित फिल्म ‘मेरी मामु’को ट्रेलर रिलिज गरिएको छ। बिहिबार ललितपुरमा रहेको डिएभी विद्यालयमा त्यहाँका विद्यार्थीहरुका बिच फिल्मको ट्रेलर रिलिज गरिएको हो। ट्रेलरमा फिल्मका बाल कलाकार आयुव सेन केन्द्रिय पात्र बनेका छन्।

भदौ १५ गतेबाट प्रदर्शनमा आउने फिल्मलाई यम थापाले निर्देशन गरेका छन्। फिल्ममा आयुवसँगै सारुक ताम्राकार, अश्लेशा ठकुरी, कुसुम गुरुङको पनि मुख्य भूमिका रहेको छ। आमा छोराको सम्बन्धको कथा बोकेको फिल्ममा कुसुम र आयुव आमा छोराको भूमिकामा प्रस्तुत छन्। कल्याण सिंहको संगीत रहेको छ। पुरुषोत्तम प्रधान र मानकृष्ण महर्जनले खिचेको फिल्मलाई बनिश शाह र भुपेन्द्र अधिकारीले सम्पादन गरेका छन्।
ट्रेलर :