निर्मातालाई आइतबारबाट शो नै हट्छ भन्ने पिर हो क्या ?

हलमा नेपाली फिल्मको भेल लागेको छ । ब्ल्याक, मिस्टर भर्जिन, जय शम्भु र बार्हमासे लागेका छन् । फिल्मले बल्ल बल्ल मल्टिप्लेक्स हलमा शो पाएका छन् । अहिले त नेपाली फिल्म आइतबारसम्म मल्टिप्लेक्स हलमा टिक्न छाडेका छन् । आइतबार त शो नै हराउने गर्न थालेको छ ।
यही भएर होला, शुक्रबार राजधानीको कुमारी हलमा दिनभर फिल्मको प्रेश शो राखियो ।
बिहानदेखि बेलुकासम्म पत्रकारले रिलिज भएका ३ फिल्म हेर्नुपर्यो । एकैदिनमा ३ फिल्म कसरी हेरेर कस्तो समिक्षा पत्रकारले गर्लान् ? यो फिल्म देखाउने तछाडमछाड किन होला ?
बिहानै मिस्टर भर्जिन हेर्न पुगेका पत्रकारले पौने १२ बजेको शोमा ब्ल्याक हेरे । यो फिल्म सकिने नपाउँदै कुमारी हलमा नै जय शम्भु हेर्नुपरेको थियो । लगालग ३ फिल्मका निर्माताले फिल्म देखाउने तछाड मछाड गर्दा, एउटा कुरा भन्न सकिन्छ । के आइतबारदेखि हलमा शो नै बाँकी रहँदैन भन्ने पिर हो निर्मातालाई ? होइन भने शुक्रबार नै फिल्म देखाउन यो लडाई किन ? हलमा दर्शकलाई पो आकर्षित गर्ने हो ? पत्रकारलाई फिल्म देखाउन एकै दिनमा किन यत्रो लडाई ? मिलाएर गर्दा हुदैन र ? फिल्म चलाउन नि लडाई, फिल्म देखाउन पनि लडाई ।

आइटम गीतमा जम्दै वर्षा सिवाकोटी

रेखालाई बेनिशाको करिअरको चिन्ता

पल र करिश्मालाई कती हतार ?

जताततै स्वस्तिमा

निश्चलसँग फिल्म गरेपछि स्वस्तिमाको प्रशंसा नै प्रशंसा
_1K2RpWMqh9_xab27tnubq43azrglygwvoolehh3h6uzc4cwyqj1hafkgroeljph7miww65a_mMerQCaPpX_pvpumaixev1rmejvcikqdh3mwbf9wc8fyusl4elg0qjvvgviiyahuyyem1lf.jpg)
वर्षाको प्रचारः फिल्मको कुरा एकातिर, डिभोर्सको चर्चा चारैतिर

विरामी अनमोल: ठमठम हिँड्दै प्रहरी, सरकारी वकिल कार्यालय र अदालत पुगे !

प्रतिक्रिया