‘मिस नेपाल युएसए २०१८’ का १८ प्रतिस्पर्धी

विभिन्न चरणको अडिसनबाट छानिएका ‘मिस नेपाल युएसए २०१८’ को उपाधिका लागि १८ प्रतियोगी प्रतिष्पर्धामा उत्रिएका छन् । अदीति श्रेष्ठ, आयशा ओझा, एन्जिला पौडेल, वर्षा बराल, विएन्का अधिकारी, विना श्रेष्ठ, दिलाशा न्यौपाने, कृति ढुंगेल, लाक्पा शेर्पा, नेलिया गुरुङ, पोसा थापा, सपना महर्जन, सपना गौतम, श्रेया नेपाली, सुजना रुपाखेती, सुकृती ढुंगेल, सुशाना पोखरेल र स्वीकृती भट्टराई अन्तिम प्रतियोगीताका लागि छानिएका प्रतियोगी हुन् ।
१९ अगस्टमा आयोजना हुने अन्तिम प्रतिस्पर्धाका लागि प्रतियोगीहरु बिभिन्न प्रशिक्षण लिइरहेका छन् । पूर्व मिस नेपाल मेलिना जोशी, कोरियो ग्राफर सुरेश मानन्धर र फोटोग्राफर राजिव श्रेष्ठले उनीहरुलाई प्रशिक्षण दिएरहेका छन् । प्रतियोगितामा सहभागी अधिकांस प्रतियोगीले नेपाल र अमेरिकामा रहेका नेपालीको निम्ति सामाजिक काम गर्ने बताएका छन् ।
इभेन्ट प्लानेट इंकले इप्लानेट नेपालको सहकार्यमा २०११ देखि गर्दै आएको मिस नेपाल युएसएको छैठौं संस्करणको व्यवस्थापन नेपाल ११ इन्टरटेइमेन्टले लिएको छ । टेक्ससको डलास नजिकको शहर सिटी अफ प्लानोले सहकार्य गरेको कार्यक्रममा नेपाली समाज टेक्सस र नेपाल पर्यटन बोर्डले समेत साथ दिएको छ ।
प्रतियोगितामा मिस नेपाल युएसएको उपाधिका, फस्ट रनर अप र सेकेण्ड रनर अप समेत घोषित गरिने छ । अन्य विभिन्न आधा दर्जन उपशिर्ष बिजेता समेत छानिने इप्लानेट नेपालका अध्यक्ष सन्तोष सापकोटाले जानकारी दिए ।

मिसेस युनिभर्स २०२३ मा विमला

‘किड्स अफ द इयर इन्टरनेशनल २०२३’मा ४ विजेता छनौट

‘आइसी डिजाइनर रनवे १२’ फेसन शो हुँदै

'जुम ब्युटी'को नयाँ शाखा चक्रपथमा खुल्यो, सलोन, केकी, रिमा र अन्जुले गरे उद्घ…
_GzPqbPiJWR_7c5fg0xhnl4wrernfgkwkvljstchwtkz888eaznefrq3iulggppzngl74adw_1c6Uk8ewnv_fmjer8ikorvczzlqen0nucvwjyc9gjynkmvtno6hibwtg8vg3z0qe9pybyx9.jpg)
बबिराज फेस अफ द नेशन

सजिनालाई ‘मिस एलिगेन्स’को उपाधि

‘मिस युनिभर्स नेपाल २०२३’का लागि आवदेन खुल्ला, नोभेम्बर १८ मा फाइनल
_MxzH3HLDCH_qa3bm2ivqcbzedrikshrrajwsewobdywtnnflblz8lkkp3myedj9slwvqac9_8d2HOBEc5Z_5r6vkjmk0uh4mvzij3amldbyvermewv5pgtqaazugtaunhtbgoyz9js3o12m.jpg)
प्रतिक्रिया