एउटै मन्चमा साम्राज्ञी राज्यलक्ष्मी शाह र मनोज गजुरेल

- मेराेफिल्म

अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र लोकप्रिय हांस्य कलाकार मनोज गजुरेल पहिलोपटक एउटै मन्चमा देखिने भएका छन् । यी दुई सर्जकलाई एउटै मन्चमा एक साथ उतार्ने काम गरेको छ एजुकेशन एण्ड माइग्रेसन कर्नरले । काठमान्डौको दरबार मार्गमा रहेको अन्नपूर्ण होटलमा शनिबार यी दुई कलाकारको साथमा उत्प्रेरक सुधन ज्ञवालीले पनि विभिन्न प्रस्तुति दिने भएका छन् ।

एजुकेशन एण्ड माइग्रेसन कर्नरले आयोजना गरेको एजुकेशन फेयरमा उच्च अध्ययनका निम्ती अष्ट्रेलिया लगायतका मूलुकमा जान चाहने बिधार्थीहरूलाई आफ्नो संस्थाले मनोरन्जनात्मक र सन्देशमूलक तरिकाले सुझाब र सल्लाह दिने कुरा संस्थाका अध्यक्ष सुनिल उप्रेतीले बताए । कार्यक्रममा युवा पुस्तामाझ लोकप्रिय अभिनेत्री साम्राज्ञीले आफ्ना अनुभब , सोच र शिक्षाका बारेमा बिधार्थीहरूसंग भलाकुसारी गर्नेछिन ।

२०७५ भदौ १ गते १२:२० मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *