मरिष्काको फरक भूमिका यस्तो पो ?

मरिष्का पोखरेलको फिल्म रोजाइलाई लिएर मिडियाले बारम्बार प्रश्न उठाउने गरेको छ । फिल्म हिट नभएपनि उनले फिल्म पाइरहेकी छिन भनेर खबर आइरहेका छन् । तर, मरिष्का पोखरेल भने आफूले हरेक फिल्ममा नयाँ कथा र भूमिका खोज्ने गरेको बताउँछिन् । मरिष्का पोखरेलको फिल्ममा फरक भूमिका त छ ? तर कस्तोलाई भन्ने हो फरक भूमिका ?


मिस्टर भर्जिनको प्रेसमिटमा पनि मरिष्काले क्यारेक्टर मन परेर यो फिल्म गरेको गफ दिएकी थिइन् । कल गर्ल बनेकी मरिष्काले राम्रो भूमिका र राम्रो कथा पाइछन् क्यारे भन्ने सोच्नु गल्ती थिएन ।

तर, फिल्म हेरिसकेपछि भने मरिष्काका कुरा गफ नै थिए भन्ने वुझ्नुपर्दछ । मरिष्काको फिल्ममा ब्रेकपछि मात्र भूमिका छ । तर, उनको भूमिका हेर्दा लाग्छ उनी किन यस्तो फिल्म रोजिरहेकी छन् ? के मरिष्का पनि आफूलाई धेरै फिल्म खेलेकी हिरोइन भनेर चिनाउन चाहन्छिन् ?
कल गर्ल बनेकी मरिष्काले यस्तो भूमिकामा कस्तो अभिनय देखाउने मौका पाइन् होला ? यस्तो भूमिका गरेर हिट भइन्छ मरिष्का जी ? कि फिल्म चल्नु अघि गफ मात्र दिने हो ?