मनिषा कोइरालाको जन्मदिनमा बलिउड हस्ती (फोटो फिचर)

नेपाली मुलकी बलिवुड नायिका मनिषा कोइरालाले आफ्नो जन्मदिन मुम्बई स्थित ५ तारे होटेलमा मनाएकी छन् । जन्मोत्सवमा उनका बुवा, आमा तथा फिल्मी वृत्तका व्यक्तिहरुको उपस्थिति रहेको थियो । मनिषा कोइरालाको जन्मदिन पार्टीमा बलिवुड सदाबहार अभिनेत्री रेखा,  अभिनेता शाहरुख खान, निर्माता निर्देशक संजय लिला भंशाली, अभिनेता गुलशन ग्रोवर,  अभिनेता संजय दत्त, उनकी पत्नी मान्यता दत्त, अभिनेता चंकी पाण्डे,  अभिनेता गोबिन्दा उनकी श्रीमती सुनिता आहुजा, छोरी टिना र छोरा लगायतको उपस्थिति थियो । कोइरालाले केहि समय अघि नेपाल आएर आफ्ना बुवा र आमालाइ आफ्नो जन्मदिन मनाउन मुम्बई लिएर गएकी हुन् । उक्त अवसरमा उपस्थित सबैले उनलाई जन्मदिनको शुभकामना दिदै प्रगतिको कामना गरे ।


तस्बिर:मनिषा कोइरालाको फेसबुकबाट