नयाँ फिल्ममा पल : पूजा सुदर्शन भन्छन होइन पल भन्छन् हो !

अभिनेता पल शाह र अभिनेत्री पूजा शर्मालाई लिएर निर्देशक सुदर्शन थापाले नयाँ फिल्म निर्माण गर्न लागेको हल्ला नेपाली फिल्मी वृत्तमा चल्न थालेको छ । प्रेमकथालाई लिएर फिल्म निर्माण गर्ने निर्देशक थापाले निर्देशन गरेको फिल्म ‘रामकहानी’ प्रदर्शन संघारमा रहेको समयमा उनै द्वारा निर्मित फिल्म ‘म यस्तो गीत गाउँछु’ को जोडी पल शाह र पुजा शर्मालाई लिएर फिल्म निर्माण हुने खबर बाहिरिएको छ ।

यस बिषयमा निर्माता निर्देशक सुदर्शन थापा केहि पनि कुरा नभएको बताउछन भने अभिनेता शाह दशैं पछाडीबाट फिल्मको काम सुरु हुने बताउछन् । तर फिल्मको नाम भने ‘म यस्तो गीत गाउँछु – २ ‘ नहुने समेत उनले जानकारी दिएका छन् । फिल्म ‘म यस्तो गीत गाउँछु’ बाट सफलता चाखेका निर्माता निर्देशकले यहि नामको उपयोग गर्दै सिक्वेल बनाउन लागेको कुरा भने यहाँबाट गलत पुष्टी हुन्छ ।

पुजा र आंचल बीच एक प्रकारको शितयुद्द नै चल्ने गरेको फिल्मी क्षेत्रमा व्यक्तिहरु बताउछन् । पहिला पल पुजाको फिल्म ‘म यस्तो गीत गाउँछु’ रिलिज भएको केहि समय पछी नै पल आंचलको फिल्म ‘जोनी जेन्टलम्यान’ आएको थियो । भाद्र १ बाट रिलिज भएको फिल्म ब्ल्याकमा आंचलका जोडी आकाश छन् भने केहि दिन पछी भाद्र २३ बाटै रिलिज हुने फिल्म ‘रामकहानी’ मा आकाशले नै पुजा सँग स्क्रिन सेयर गरेका छन् । को एक्टर जुधे सँगै रिलिज मिति पनि सँगसँगै पर्नु पुजा आंचलको संयोग मात्रै हो या कोल्ड वारको प्रमाण उनीहरुलाई नै थाहा होला !

केहि समय अघि स्ट्याटसलाई लिएर यी दुईले फिल्मीवृत्तमा ठुलै हल्ला मचाउन सफल भएका थिए । आप जोडीको नामले दर्शक माझ लोकप्रिय आंचल पल बीच फाटो त आएको होइन भनेर अड्कलबाजी समेत हुन थालेको छ । पुजा आंचलको सम्बन्धको बारेमा जानकार पल पुजा नै निर्माता रहने फिल्ममा उनीसँगै स्क्रिन सेयर गर्नुलाई अब आंचलले कुन रुपमा लिन्छिन होला ? त्यो भने हेर्न बाकी छ ।