फिल्म ‘सुई धागा’ ट्रेलर

बलिउड फिल्म ‘सुई धागा’ को ट्रेलर सार्वजनिक भएको छ । उक्त फिल्मको ट्रेलरमा नायक वरुण धवन तथा नायिका अनुश्का शर्मा पतिपत्नीको भुमिकामा देखिएका छन् । वरुणले एक लुगा सिलाउने पात्रको भुमिका निर्वाह गरेका छन् । यस राज फिल्मस्को ब्यानरमा तयार भएको फिल्ममा शारट काटरीयाको निर्देशन रहेको छ । यस अघि उनले दम लगाकै हैसा जस्ता फिल्म निर्देशन गरिसकेका छन् । जुन समिक्षागत र ब्यापारिक हिसावले निकै सफल भएको थियो । फिल्ममा वरुण र अनुश्काको अलवा गोविन्द पाण्डेको पनि अभिनय देख्न सकिन्छ । फिल्म सेप्टेम्बर २८ बाट रिलिज हुने भएको निर्माण टिमले जनाएको छ ।