‘जय शम्भु’ लाई काठमान्डौ बाहिर दुई दर्जन हल

शुक्रवार रिलिज भएको फिल्म ‘जय शम्भु’ ले दर्शकको राम्रो साथ पाएको छ । सिंगल थिएटरमा ६० प्रतिशत अकुपेन्सि कायम राखेको फिल्मले मल्टिप्लेक्समा शुक्रवार ४५ देखी पचासको मात्र अकुपेन्सि कायम गरेको थियो । हिन्दी फिल्मले साचे अनुसारको व्यापार नगरेपछि राजधानीका अधिकांस हलहरुले फिल्म जय शम्भुलाई ठूलो पर्दा दिईएको छ । काठमाडौंको गोपि, गुण, अष्ट, गंगा, कलंकी, बाराही लगायतका धेरै स्क्रिन भएका हलहरुले जय शम्भुलाई शनिवार विहान देखी ठूलो पर्दा दिएको छ । यस्तै काठमाडौं बाहिर पूर्व र तराई क्षेत्रमा गरेर २३ वटा हल थपिएको निर्माता दिनेश शाही तथा वितरक गोपाल काजी कायस्थले बताएका छन् । मोफसलका वितरक एफडि कम्पनिले अझै हलहरु थपिने बताएको छ । फिल्मलाई सिंगल थिएटरमा राम्रो प्रतिक्रिया मिलेको छ भने मल्टिप्लेक्समा मिश्रित प्रतिक्रिया मिलेको छ । काठमाडौंमा २१ वटा हलमा लागेको जय शम्भुले सनिबारबाट काठमाडौं बाहिर ६ दर्जन हल पाएको छ ।

दिनेश शाही प्रस्तुतकर्ता रहेको जय शम्भुमा अरविन्द्रमान शाक्य निर्माताको रुपमा रहेका छन् भने चक्र पाख्रिन कार्यकारी निर्माता हुन् । यस्तै सह निर्माताहरु कुशल शर्मा र शिक्षा काफ्ले रहेका छन् । फिल्मलाई रुपेश तामाङले निर्देशन गरेका हुन् । फिल्ममा हरि घले लामाको छायाँकन,  श्री श्रेष्ठको एक्शन, टंक बुढाथोकीको संगीत,  बनिश शाहको सम्पादन,  रामजी लामिछानेको नृत्य रहेको छ । फिल्ममा प्रशान्त, अनुप र बर्षासँगै रोशन महर्जन,  करुणा पाण्डे,  रश्मी भट्ट,  बसन्त भट्ट,  राज कुमार थापा,  कालु राना लग्गायतको मूख्य भुमिका रहेको छ ।