भन्सालीको फिल्ममा सलमान र दीपिका ?

बलिउड अभिनेत्री दीपिका पादुकोण फिल्म ‘पद्मावत’ पछि चर्को पारिश्रमिक डिमाण्डका कारण खाली बस्नु परेको बलिउडमा हल्ला छ । त्यस्तै नोभेम्बरमा हुने दीपिका रणवीरको बिवाहका कारण उनी खाली बसेको अर्का थरिको अड्कलबाजी रहेको छ । यसैबीच, निर्देशक सञ्जय लिला भन्सालीको नयाँ फिल्ममा दीपिकाले अभिनय गर्ने सम्भावना बढेको छ । फिल्ममा उनी सलमान खानको अपोजिटमा हुन सक्छिन् । सलमानले रेस ३ को प्रमोसनका क्रममा नै भन्सालीको नयाँ फिल्ममा आफूले अभिनय गर्ने बताइसकेका छन् ।

‘इन्साल्लाह’ नाम राखिएको यो फिल्मको औपचारिक घोषणा भने भएको छैन । सलमानले ‘भारत’ र ‘दबंग ३’ पछी मात्रै भन्सालीको फिल्मलाई समय दिन भ्याउछन् । सलमानले अहिलेसम्म दीपिकासँग कुनै फिल्म खेलेका छैनन् । उनले आफ्नो फिल्म ‘सुल्तान’ र ‘किक’ मा दीपिकालाई अफर गरेका थिए । तर, दीपिकाले अफर रिजेक्ट गरिदिएकी थिइन् । दीपिका र भन्सालीबीच निकै राम्रो सम्वन्ध छ । भन्सालीको केही फिल्ममा दीपिकाले अभिनय गरेकी छिन् । त्यसैले उनले भन्सालीको आग्रह नकाट्ने अनुमान गर्न सकिन्छ ।