दीपिका र प्रियंकालाई पछि पारिन् श्रद्धाले

दीपिका पादुकोण, प्रियंका चोपडा र आलिया भट्टलाई उछिन्दै नायिका श्रद्धा कपुर सामाजिक संजाल इन्स्टाग्राममा सर्वाधिक लोकप्रिय बलिउड सेलिब्रिटी बनेकी छन् । फ्यान फलोइङ, लाइक्स, कमेन्ट आदिका आधारमा गरिएको एक अध्ययन अनुसार नायिकाहरुको लोकप्रियता मापन गरेको थियो । अघिल्लो वर्ष सातौं नम्बरमा रहेकी श्रद्धा ठुलो फड्को मार्दै एक नम्बरमा पर्न सफल भएकी छन् ।

अघिल्लो वर्ष पहिलो नम्बरमा रहेकी प्रियंका चोपडा भने यसपाली चौंथो नम्बरमा झरेकी छन् । दोस्रो स्थानमा आलिया भट्ट छिन् भने तेस्रो स्थानमा दीपिका पादुकोण छिन् । र्याङ्किङमा श्रद्धालाई १०० अंक प्राप्त भएको छ । आलियालाई ८५ र दीपिकालाई ६८ अंक प्राप्त भएको छ । यसैगरी प्रियंकाले ६५ अंक पाएकी छन् ।