फिल्म ‘गोपी’ को छायांकन सुरु

दिपेन्द्र लामाको निर्देशनमा बन्ने फिल्म ‘गोपी’ को छायांकन सुरु भएको छ । निर्देशक लामाले सामाजिक संजाल फेसबुकमा तस्विर सार्वजनिक गर्दै छायांकन सुरु भएको जानकारी दिएका हुन् । छायांकनमा जान केही दिन मात्रै बाकी रहदा फिल्मका लिड क्यारेक्टर खगेन्द्र लामिछाने तथा नायिका बर्षा सिवाकोटीले फिल्मबाट हात झिके पनि यी दुइको स्थानमा विपिन कार्की र बर्षा राउतलाई लिएर निर्माण टिमले तोकिएकै समयमा छायांकन थालेको हो ।
फिल्ममा विपिन र वर्षाका अलावा, सुरक्षा पन्त, अंकित खड्का, भोला सापकोटा, रमेश अधिकारी, सरोज अर्याल आदि कलाकारको अभिनय रहेको छ । फिल्म चैत्र १५ मा सार्वजनिक प्रदर्शनमा आउनेछ । फिल्मको कार्यकारी निर्माता श्रीधर पौडेल हुन् भने फिल्मको छायांकन शैलेन्द्र डि कार्कीले गर्नेछन् । फिल्ममा न्ह्यू बज्राचार्य, अर्जुन पोखरेल र कल्याण सिंहको संगीत र विप्लव प्रतीक र बुद्धिसागरको गीत रहेको छ ।

‘दुई कदम’ले लभस्टोरी र सामाजिक परिवेशको कथा भन्छः उदय सुब्बा(निर्देशक)

‘हात्तीछाप’मा मिरुना मगरको इन्ट्री, के फिल्म चलाउनलाई नै हो त ?

‘नाङ्गो गाउँ’ निर्देशकको ‘दुःखी आत्मा’मा दयाहाङ फाइनल

फिल्ममा सफ्ट, सोसल मिडियामा बोल्ड आँचल

३ फिल्म बनाउँदै रोहित, ‘बरिष्ठ बलराम’मा दयाहाङको इन्ट्री

‘बगान’बाट निर्देशनमा कति सफल सरोज खनाल ?

करिअर जोडिएको फिल्मको प्रचारमा मौन छन् आकाश श्रेष्ठ

प्रतिक्रिया