‘रामकहानी’ प्रचारको नयाँ शैली : सिग्नेचर क्याम्पियन

भदौ २२ बाट रिलिज हुने फिल्म ‘रामकहानी’ निर्माण टिमले प्रचारका लागि फेरी नया उपाय अपनाएको छ । केहि समय अघि काठमाण्डौका विभिन्न रेष्टुरेन्टमा फिल्मकै नाममा वाइफाइको आइडी र पासवर्डको क्याम्पिएन चलाएपछि निर्माण टिमले प्रचारको नयाँ शैली सिग्नेचर क्याम्पियन चलाएको हो ।

‘रामकहानी’को टिसर्ट लगाएर बसन्तपुर क्षेत्रमा पुगेका यूवाहरुले त्यहा  घुम्न आउने मानिसहरुलाई ‘रामकहानी’ लेख्न लगाए । ४ जनाको टिसर्टमा मानिसहरुले आ–आफ्नो स्टाइलमा रामकहानी नामको हस्ताक्षर गरेका थिए । सो अवसरमा उनीहरुले हस्ताक्षर गर्नेहरुलाई फिल्मको बारेमा जानकारी पनि दिएका थिए । ४ जनामा सर्वाधिक टिसर्टमा सिग्नेचर संकलन गर्ने बिषयमा प्रतिस्पर्धा नै चलेको थियो । यो तरिका फिल्मका प्रचार संयोजक दिपेन्द्र खतिवडाको हो ।

सुदर्शन थापाको निर्देशनमा तयार भएको फिल्ममा पूजा शर्मा, आकाश श्रेष्ठ, केदार घिमिरे, जितु नेपाल, विल्सन विक्रम राई, रविन्द्र झा लगायतका कलाकारको मुख्य भूमिका छ । फिल्ममा प्रेम र कमेडी मिस्रित कथा रहेको छ ।