तीजमा ‘नाचा माया’

नेपाली महिलाहरुको महान चाड तीज नजिकिएसँगै तीज गीत सार्वजनिक हुने क्रम पनि बढ्दो छ । गायक तथा गायिकाहरु तीजका गीतहरु निकाल्नमा ब्यस्त छन् । यसै क्रममा गायक रोशन सिंह तथा गायिका सम्झना मगरले नयाँ तीज गीत ‘नाच माया’ सार्वजनिक गरेका छन् । गायक रोशन सिंहको संगीत रहेको गीतमा सबिना लामाको शब्द रहेको छ । बिक्रम चौहान निर्देशित म्युजिक भिडीयोमा रोशन सिंह, रिना थापा मगर, मनिष खड्का लगायतका कलाकारहरुको अभिनय देख्न सकिन्छ । प्रकाश खड्काको छायांकन रहेको भिडीयोमा मिलन बिश्वकर्माको सम्पादन रहेको छ ।