गोसाईंकुण्डमा जय किशन बस्नेत र एलिना रायमाझीको रोमान्स

जय किशन बस्नेत फिल्मस् प्रालिको ब्यानरमा निर्माण भैरहेको फिल्म ‘धूम ३’ को दोश्रो गीत सार्वजनिक भएको छ । ओम सुनारको संगीत तथा भानुभक्त ढकालको शब्द तथा संगीतकार सुनार र कबिता श्रेष्ठको आवाजमा रहेको ‘न्यानो लाग्छ प्यारो लाग्छ’ बोलको गीतको भिडियो सार्वजनिक भएको हो ।

नायक जय किशन बस्नेतकै लेखन, निर्माण तथा निर्देशन रहेको फिल्म धूम ३ को उक्त भिडियोमा नायक बस्नेतको साथमा नायिका एलिना रायमाझीको अनस्क्रिन रोमान्स देख्न सकिन्छ भने कोरियोग्राफी समेत बस्नेत आफैंले गरेका छन् । उक्त भिडियो नेपालको धार्मिक एवम पर्यटकीय स्थल गोसाईंकुण्डमा खिचिएको छ । अशोज ५ गतेबाट देशब्यापी प्रदर्शनको तयारीमा रहेको फिल्मको पहिलो गीत ‘तिम्रो हेराईले’ केही हप्ता पहिले मात्र सार्वजनिक गरिएको थियो ।