पैसाको दलदलमा सुपरस्टार

- मेराेफिल्म

अभिनेता अनमोल केसीले ५० लाखको अफर स्विकार गर्दै फिल्म साइन गरे । ए मेरो हजुर ३,  ब्याचुलर बन्टी र एक हिन्दी निर्माताको नेपाली फिल्ममा उनले साइन गरे । अनमोल यी फिल्मलाई आफ्नो सेड्यूलको फिल्म भन्छन् । तर, अनमोल केसीलाई पैसाको दलदलमा फसिरहेको आरोप लाग्ने गरेको छ ।

अनमोलसँग प्रतिस्पर्धात्मक बजारमा अभिनेता प्रदिप खड्का पनि छन् । प्रदिपलाई अहिले ४० लाख, ५० लाखको अफर आएको छ । प्रदिप पनि कथा हेर्ने कि, ब्यानर हेर्ने कि पैसा हेर्ने भन्ने दोधारमा छन् । प्रदिपलाई अनमोलको जती पारिश्रमिक लिएर आफूलाई उनी भन्दा माथि देखाउनु पनि छ, फेरि पैसाका लागि गलत फिल्म रोजिन्छ कि भन्ने पिर पनि छ ।

अनमोल र प्रदिप पारिश्रमिकको प्रतिस्पर्धामा छन् । दुइलाई पारिश्रमिक रोज्ने कि कथा ? कन्फ्यूज भैसकेको छ । यस्तो बेलामा अनमोल र प्रदिप महंगो पैसाको दलदलमा फस्न लागेका त होइनन् ?

२०७५ भदौ ३ गते १५:३८ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *