फेरि प्रेममा साम्राज्ञी ?

शंकाले साम्राज्ञी राज्य लक्ष्मी शाह र मयंक खड्काको प्रेमको लंका जलाएको चर्चा थियो । करिब तीन वर्ष लामो प्रेम केही दिनअघि मात्र टुटेको थियो जसलाई साम्राज्ञी र मयंकले फरक फरक स्टेटमेन्टमार्फत स्वीकारेका थिए । साम्राज्ञीले पत्रकारले मयंकसँग ‘ब्रेक अप भएको हो’ भनेर सोधेको प्रश्नमा ‘के भो त ’ भन्दै ब्रेक अप भएको संकेत गरेकी थिइन् भने मयंकले पनि ‘शंका’ गर्यो रे भन्दै साम्राज्ञीलाई होच्याउने शैलीमा फेसबुकमा स्ट्याटस लेखेका थिए ।

यसका बावजुद दुवैको ब्रेकअपको कारण स्पष्ट रुपमा बाहिरिन सकेको थिएन । तर मेरो फिल्मलाई प्राप्त केही तस्बिरले दुवैको बीचमा तेस्रो कोही आएको र यही कारण साम्राज्ञी र मयंकको बाटो अलग भएको देखाउँछ  । मेरो फिल्मलाई प्राप्त तस्बिरमा साम्राज्ञीलाई सेल्फी लिँदै गरेको देख्न सकिन्छ भने अर्को तस्बिरमा पनि साम्राज्ञी ती व्यक्तिसँग सहज देखिन्छिन् ।

मेरो फिल्मले पाएको सूचना अनुसार साम्राज्ञीको जीवनमा आउने नयाँ व्यक्तिको नाम देवांश जंगबहादुर राणा हो । देवांश उद्योग वाणिज्य महासंघ अध्यक्ष भवानी राणाका छोरा हुन् । स्रोतका अनुसार विगत तीन महिनायता देवांश र साम्राज्ञीको निकटता बढेको हो ।

देवांश ‘इन्टु मिन्टु लन्डनमा’ को टिमसँग पनि घुलमिल भइसकेका छन् । देवांशलाई ‘इन्टु मिन्टु..’ निर्देशक रेनशा बान्तवा राईको जन्मदिनमा साम्राज्ञीसँगै देखिएको थियो । देवांशले लिंकन स्कुल हुँदै स्विजरल्यान्डको एक कलेजबाट हस्पिटालिटी म्यानेजमेन्टमा ग्राजुएसन  गरेका छन् ।

फिल्म ‘ड्रिम्स’ बाट तीन वर्षअघि डेब्यु गरेकी साम्राज्ञीले पहिलो फिल्मबाटै स्टार्डम निर्माण गरेकी थिइन् । पछिल्ला तीन फिल्मले खासै राम्रो व्यापार नगरे पनि साम्राज्ञी अझै पनि धेरै निर्माताको पहिलो रोजाईमा पर्दै आइरहेकी छिन् । साम्राज्ञीका लागि असोज ५ मा रिलिज हुने ‘इन्टु मिन्टु लन्डनमा’ अन्तिम आशको रुपमा रहँदै आएको छ ।