पलको इशारा को प्रति थियो ?

बजारमा अभिनेता पल शाह र अभिनेत्री आँचल शर्माको प्रेम छ भन्ने खबर छ । यो खबरलाई उनीहरुको निकटताले पुष्टी पनि गर्छ । आँचलले अभिनय गरेको पहिलो फिल्म हो ब्ल्याक जसमा पल हिरो छैनन् । तर, उनले आँचलको कामको तारिफ भने गर्न भुलेका छैनन् । आज उनी कुमारी हल आँचलको ब्ल्याक हेर्न पुगेका थिए । तर, पल हल पुग्दा पत्रकारले ब्ल्याकको भन्दा निर्देशक सुदर्शन थापाको फिल्मबारे बढी कुरा गरे ।

सुदर्शनले पललाई लिएर फिल्म बनाउन लागेको होइन भन्दा पलले भने आफूले साइन गरेको बताए । उनले, आफू सुदर्शनको फिल्ममा रहेको कुरा उनको टिम र पार्टनरलाई मन नपरेको होला भनेर जवाफ दिए ।

सुदर्शनको पार्टनर भनेर पलले कसलाई इशारा गरेका हुन् ? फिल्म निर्माणको कुरा गर्दा त सुदर्शनको पार्टनर पूजा हुन् । के पलको संकेत पूजाप्रति थियो ? यदि थियो भने पूजा पलसँग असन्तुष्ट हुनुपर्ने कारण के थियो ?

पल र सुदर्शनविच पनि कुरा नमिलेको वुझिएको छ । पलले कुरा त्यस्तै गरे । म यस्तो गीत गाउँछुको टिम अब अलग भएको हो त ?