आँचलले नभने रामकहानी चल्दैन होला र ?

अभिनेत्री आँचल शर्माको बोलीमा एउटा कुरा अहिले छुट्दैन । अभिनेत्री आँचल शर्मा र अभिनेत्री पूजा शर्माको विवाद सामुन्ने आएपछि आँचल एउटा कुरा भन्न छोड्दिनन् । आँचलले अहिले हरेक इन्टरभ्यूमा अभिनेत्री पूजा शर्मालाई नआत्तिन भन्छिन् ।

उनले, पूजालाई ढुक्क हुनुहोस्, तपाइको रामकहानी चल्छ भनेर सान्तवना दिइरहेकी छिन् ।

आँचलको भनाई त यस्तो लाग्छ कि, उनले नभनेको भए पूजाको रामकहानी चल्दैनथ्यो होला । फिल्म चल्ने र नचल्ने त दर्शकको हातमा छ । तर, पूजाले निकिता पौडेलमाथि स्टाटस लेखेपछि आँचलले पनि पूजालाई ब्यङ्ग्य गर्दै स्टाटस लेखिन् र पछि हटाइन् । यसपछि, पूजा र आँचल विच वार नै चलेको छ ।

पूजालाई बारम्बार सान्तवाना दिदैआएकी आँचल आफैले अभिनय गरेको फिल्मको व्यापारबारे कत्तीको जानकार होलिन् ?

फिल्ममा पैसा लगानी गरेपछि कोही पनि मानिसको मन आत्तिन्छ । व्यापार कस्तो होला भन्ने छटपटी त हुन्छ । तर, आँचल बारम्बार रामकहानी चल्छ,  ढुक्क हुनुहोस् भन्दै पूजालाई सान्तवना दिइरहेकी छिन् कि अरु नै के ? वुझ्न गाह्रो भयो ।