‘मालिका’ को दोश्रो गीत सार्वजनिक

रेखा  फिल्मस्को प्रस्तुति फिल्म ‘मालिका’ को दोस्रो गीत ‘सर सर हावा बहन्छ कता हो’ सार्वजनिक भएको छ । गीतमा सुरेश अधिकारीको शब्द रचना तथा संगीत रहेको छ । आस्था राउत स्वरबद्ध गीतमा रेखा थापा र कमला ओलीको अभिनय देख्न सकिन्छ । भिडीयोमा महिला सशक्तिकरणलाई देखाउँन खोजिएको छ ।

मुख्य सहायक निर्देशक नवराज आचार्यका साथमा फिल्मको निर्देशन रेखा आफैले गरेकी हुन् । मालिकामा रेखा र नरबहादुर कार्कीसँगै जाजरकोटकी चौध वर्षिय बालिका कमला ओलीको मुख्य भूमिका रहेको छ । रेखाको आफ्नै स्क्रिप्ट रहेको फिल्ममा रामशरण उप्रेतीको छायाँकन र सुरेश अधिकारीको संगीत छ । हिम्मतवाली पछि रेखा मालिका मार्फत निर्देशनमा फर्किएकी हुन् ।