अरुणिमाको त्यो दिन…

- मेराेफिल्म

फेसबुक, अनलाइन मिडिया, ट्विटर नहुँदा नेपालमा अभिनेत्री अरुणिमा लम्सालको क्रेज थियो । फिल्ममा काम गरिरहेकी अरुणिमालाई दर्शक र मिडियाले खुबै माया गर्थे । उनका कुरा पत्रिका र टीभी अनी रेडियोका लागि मसला थिए ।

सो समयमा दर्शक र मिडियाकर्मीलाई भदौ ४ गते अरुणिमाको जन्मदिन भन्ने कन्ठ थियो । उनलाई शुभकामनाको ओइरो लाग्थ्यो ।

पत्रिकामा अरुणिमालाई जन्मदिनको शुभकाना दिनुहोस् भनेर भदौ ४ भन्दा अगाडि नै विज्ञापन आउथ्यो । पाठकले उनलाई मायाले भरिएका शुभकामना पत्रिकामा पठाउथे र आफ्नो माया व्यक्त गर्थे । तर, अहिले अरुणिमा अमेरिकामा भासिएकी छिन् । अमेरिका गएर उतै बसेपछि अहिले उनलाई दर्शकले विर्सिएका छन् । अरुणिमालाई फेसबुक यूगमा पनि पहिलेको जस्तो पत्रिकामा देखिएको माया दर्शकले देखाएका छैनन् ।

आफ्नो परिवारसँग जन्मदिन मनाउँदा अरुणिमालाई त्यो दिन याद आउँछ होला । तर, फिल्मलाई नै विर्सिएकी अरुणिमालाई दर्शकले पनि विर्सिएका छन् ।

२०७५ भदौ ४ गते १६:२३ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *