कस्तो रह्यो ‘सत्यमेव जयते’ को कलेक्सन  

जोन अब्राहम स्टारर फिल्म सत्यमेव जयते बुधवार यानिकी १५ अगस्टका दिन वल्डवाईड रुपमा सार्वजनिक भएको थियो । रिलिजसँगै फिल्मले धमाकेदार ओपनिंग पनि गरेको छ । उक्त फिल्मले पहिलो दिन२०.५२ करोडको शानदार व्यपार गरेको छ भने दोस्रो दिन व्यपार अलिक घटेको पाईएको छ । फिल्मले ५ दिनको लामो विकेन्डमा ५६.९१ करोडको व्यापार गरिसकेको छ ।

सत्यमेव जयते कम बजेटको फिल्म हो । उक्त फिल्म हिट हुनको लागि ७० करोडको व्यापार गरे मज्जाले पुग्छ, जो कठिन कुरा होइन । यो हप्ता फिल्मले २० करोडको हाराहारीमा कमायो भने फिल्मले ७५ करोड पार गर्नेछन् । एक रिपोर्ट अनुसार उक्त फिल्म जोन अब्राहमको सबैभन्दा ज्यादा कमाउँने फिल्मको रुपमा साबित हुने सक्ने छ । फिल्मले सिंगल स्क्रीन थिएटरमा धूम मच्चाईरहेको छ ।