विनुको मायामा सनमको शंका (भिडियो)

गायक सिडि विजय अधिकारीको नयाँ गीत सार्वजनिक भएको छ । ‘भर छैन तिम्रो माया’ बोलको गीतमा होम बहादुर घलेको शब्द रचना रहेको छ भने संगीत गायक अधिकारी कै रहेको छ । उत्सव दाहालले खिचेको  भिडियोको निर्देशन लेखक घलेले नै गरेका छन् । राजु कार्की एरेन्जर रहेको गीतको भिडियो टेकेन्द्र शाहले सम्पादन गरेका छन् । भिडियोमा पछिल्लो समय रुचाइएका मोडल विनु शाक्य र सनम कठायतले अभिनय गरेका छन् ।