‘प्लस टु अफ द ईयर २०१८’ सम्पन्न

चितवन प्लस टु अफ द ईयर २०१८ मा सम्पदा अमगाई तथा बिमल अमगाई बिजेता बन्न सफल भएका छन् । टप वान मिडिया प्रालि चितवनको आयोजनामा तथा इन्स्पायर एजुकेसन एकेडेमीको मुख्य प्रायोजनमा कार्यक्रमको ग्राण्ड फिनाले भब्य रुपमा सम्पन्न भएको हो । यस सौन्दर्य प्रतियोगितामा महिला तर्फ फर्स्ट रनरअप गीता शर्मा तथा सेकेण्ड रनरअप ज्योति खड्का बन्न सफल भए भने पुरुष तर्फ राजेश सुनार फर्स्ट रनरअप भएका छन ।
चितवनमा सम्पन्न भएको यस सौन्दर्य प्रतियोगिता मार्फत भबिष्यमा राष्ट्रिय स्तरमा हुने विभिन्न प्रतिश्प्रधाहरुमा प्रतिनिधित्व गराउने उदेश्यले यस प्रतियोगिता गरिएको टप वान मिडिया प्रालिको प्रबन्ध निर्देशक रब्स सापकोटा बताउछन् । यस प्रतियोगिताको बिजेताले नगद रु १०,०००। सहित क्राउन, ट्रफी गिफ्ट लगायतका पुरष्कार प्राप्त गर्नुको साथै राष्ट्रिय स्तरको प्रतियोगितामा भाग लिन पाउने चलचित्र, म्युजिक भिडियो, मिडिया अन्तरबार्तामा समेत सहभागिता भई आफ्नो क्षमता प्रस्फुटन गर्न अभिप्रेरित गराउने कुरा आयोजक तथा कार्यक्रम निर्देशक सरिता आचार्य बताउछिन् ।
चितवन प्लस टु अफ द ईयर २०१८ को अन्तिम प्रतिश्प्रधामा संचारकर्मी सुर्य चन्द, नायक दिवस धिताल, मोडल चन्दा ढुंगाना तथा निर्माता निर्देशक दिपक खांड निर्णायक मण्डलीमा रहेर बिजेता घोषणा गरेका थिए । प्रतियोगीहरुलाइ एक महिना सम्म विशेष प्रशिक्षण प्रदान गरिएको थियो । जसमा कोरियोग्राफरहरु राजेश कुमाल, सिर्जना गिरि, अस्मिता नेपाली बाट प्रतिस्पर्धिहरुलाई सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा, आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विषयमा प्रशिक्षण गराइएको जानकारी आयोजक रब्स सापकोटाले गराएका छन् । उक्त कार्यक्रमको संचालन आर्जे रामकान्त पौडेलले गरेका थिए ।

‘किड्स अफ द इयर इन्टरनेशनल २०२३’मा ४ विजेता छनौट

‘आइसी डिजाइनर रनवे १२’ फेसन शो हुँदै

'जुम ब्युटी'को नयाँ शाखा चक्रपथमा खुल्यो, सलोन, केकी, रिमा र अन्जुले गरे उद्घ…
_GzPqbPiJWR_7c5fg0xhnl4wrernfgkwkvljstchwtkz888eaznefrq3iulggppzngl74adw_KKfEtGx8Qq_gvwvvuwaqsclznfuwktfgoq52eaofzruas8lmoigjiipcbi9qcssr7tlscrx.jpg)
बबिराज फेस अफ द नेशन

सजिनालाई ‘मिस एलिगेन्स’को उपाधि

‘मिस युनिभर्स नेपाल २०२३’का लागि आवदेन खुल्ला, नोभेम्बर १८ मा फाइनल
_MxzH3HLDCH_qa3bm2ivqcbzedrikshrrajwsewobdywtnnflblz8lkkp3myedj9slwvqac9_j5l8CpQEdB_cpp2wy4xeedobdzh2vj1lvbnushms4pwmottarh8cliquuvgh1semjqoaekq.jpg)
सरुले जितिइन् ‘द नेशनल डिजाईनर रनवे’ को शिर्ष उपाधी

प्रतिक्रिया