आकाशलाई प्रेम दर्साउन नसाको साहारा

असोज १९ रिलिज डेट रहेको फिल्म ‘ड्रिम गल’ को गीत ‘फूल टिपेर’ सार्वजनिक भएको छ । फिल्ममा ऋषिराज आचार्यको निर्देशन रहेको छ । गीतको भिडियोमा फिल्मका मुख्य कलाकार आकाश श्रेष्ठ, विल्सन विक्रम राई, आश्मा गिरीलाई फिचरिङ गरिएको छ ।

फिल्ममा अर्जुन श्रेष्ठ, सरोज खनाल, लक्ष्मी गिरी, निर्मल शर्मा, सुरविर पण्डित लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । फिल्ममा अर्जुन शर्मा, ऋषिराज आचार्य, रामेश्वर धितालको लगानी छ । फिल्ममा अर्जुन पोखरेलको संगीत, सम्राट बस्नेतको एक्सन, राहुल राई र रामेश्वर हुमागाँइको छायांकन, गम्भिर बिष्टको कोरियोग्राफी, नविन निरौलाको सम्पादन रहेको छ ।