स्क्रिन सेयर गर्दै पुर्व प्रेमी प्रेमिका ?

‘बन्टी और बब्ली’ को सिक्वेलमा पुर्व प्रेमी प्रेमिका अभिषेक बच्चन र रानी मुखर्जीले स्क्रिन सेयर गर्ने सम्भावना रहेको छ । बच्चन पत्नी ऐश्वर्याले अवरोध गरिनन् भने उनी चाँडै आफ्नी पूर्व प्रेमिका मुखर्जीसँग स्क्रिन सेयर गर्न सक्नेछन् । अभिषेक र रानीको प्रमुख भूमिका रहेको ‘बन्टी और बब्ली’ करिब १० वर्षअघि प्रदर्शनमा आएको थियो । लामो समयदेखि यसको सिक्वेल बन्ने कुरा चलिरहेकोमा अब भने यसको स्क्रिप्ट लगभग पूरा भएको बताइएको छ । फिल्मको निर्देशन भने नयाँ निर्देशकले गर्नेछन् ।
यो फिल्ममा अभियन गर्न अभिषेक र रानी दुवै इच्छुक छन् । तर, यसमा अभिषेककी पत्नी ऐश्वर्याको रियाक्सन के हुन्छ भन्ने प्रष्ट भएको छैन । ऐश्वर्याको ‘नो’ रिएक्सन आउदा भने अभिषेकले फिल्म गर्ने छैनन् । यदि सबै कुरा मिल्यो भने यो फिल्मको सुटिङ नोभेम्बरबाट सुरु हुने बताइएको छ । फिल्मका अन्य कलाकारहरु फाइनल गर्न बाँकी छ ।

क्रिसमसमा साहरुखको ‘डंकी’सँग प्रभाषको ‘सलार’ भिड्ने

५ सय करोड क्लबमा साहरुखको ‘जवान’

शिल्पा सेट्टीको फिल्मले ३० लाख पनि व्यापार गरेन

‘झकास’ बोल्न अनिल कपूरको अनुमति अनिवार्य

ओटिटीमा ‘जवान’को समय २० मिनेट बढ्ने, २ सय ५० करोडमा विक्री

पठान र जवानका कारण बक्सअफिसमा शाहरुखको हजार करोडको रेकर्ड

सामन्थाको इन्स्टाग्राममा नागाका तस्वीर, के पुनः एक हुँदैछन् ?

प्रतिक्रिया