सानिया मिर्जाको बेबी बंप (फोटो)

चर्चित टेनिस खेलाडी सानिया मिर्जा आमा बन्दै छिन् । सानियाको पेटमा सात महिनाको बच्चा छ र उनी यही वर्षको अक्टोबरमा आफ्नो बच्चालाई यस धर्तिमा ल्याउदै छिन् । उनले गर्भवती अवस्थाको फोटोसुट गराएकी छन् जुन अहिले सामाजिक संजालमा भाइरल भएको छ । उनले आफ्नो बेबी बंपको साथमा पोज दिएकी छन् । सानियाले यो फोटोसुट एक चर्चित म्यागेजिनकालागि गरेकी थिइन् । खेल क्षेत्रकी भए पनि उनी बलिउड कलाकार भन्दा कम छैनन् ।