फिल्म ‘कथा काठमाण्डु’ को गीत ‘धुलोमान्डु’

फिल्म ‘कथा काठमाण्डु’ को शिर्ष गीत ‘धुलोमान्डु’ सार्वजनिक भएको छ । हरीबंश आचार्यको आवाज रहेको गीतमा बुलेट फ्लोले फिचारिंग गरेका छन् । गीतको शब्द, संगीत तथा संगीत संयोजन सुरज बिक्रम थापा (बुलेट फ्लो) कै रहेको छ ।

फिल्ममा संगीता श्रेष्ठको लेखन तथा निर्देशन रहेको छ । विजय राइको निर्माणमा तयार भएको यो फिल्ममा  लु:ज: सिंहको छायाङ्कन रहेको छ । फिल्ममा प्रियंका र प्रमोदका अलावा आयुष्मान देशराज जोशी, संजोग कोइराला, सन्ध्या केसी, प्रेक्षा अधिकारी लगायतको मुख्य भूमिका रहेको छ । फिल्म असोज १२ गतेबाट रिलिज हुँदै छ ।