सन्दिपले परमितालाई मिस गरे, आयुष्मान र प्रियंकाले…. ?

चङ्गाचेट फिल्मको गीत रिलिज थियो । सबै कलाकार आइपुगे । अभिनेत्री परमिता आरएल राणा आइनन् । कार्यक्रम संचालकले बिरामी परेकाले नआएको खबर गरे । मिडिया चुप लागे ।

तर, परमिता नआउनुको कारण अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री प्रियंका कार्की त होइनन् ? यी दुइको इन्गेजमेन्टको खबरको कुराले प्रश्न डाइभर्ट हुन्छ भन्ने डर थियो कि परमितालाई ? रोजीको प्रमोशनमा त उनी हिडिरहेकी नै छन् ।

फिल्मका निर्माता र कोरियोग्राफरले एउटै फ्रेममा प्रियंका, आयुष्मान र परमितालाई पनि पार्न सकेका छैनन् । परमितालाई आयुष्मान र प्रियंकाले संझिएनन् । तर, फिल्ममा परमिताको जोडीको रुपमा देखिएका कलाकार सन्दिप क्षेत्रीले भने खुबै मिस गरे । किनकी, उनको मात्र जोडी कार्यक्रममा आइनन् । परमितालाई प्रियंका र आयुष्मानसँग फिल्मको प्रमोशन गर्न अप्ठ्यारो लागेको हो त ?