करोड नकमाएको फिल्म भेट्नुहोस्, पुरस्कार जित्नुहोस्

नेपाली फिल्म बनाउने निर्माताहरुले सधै नै स्किम दिएर दर्शकलाई हलसम्म तान्न खोज्छन् । कहिले कलाकारसँग डेटिङ, कहिले खाना खाने व्यवस्था यस्तै ।
तर, अब अर्को एउटा स्किम राखे पनि हुने । त्यो स्किम के भन्दा, करोड नकमाउने नेपाली फिल्म भेट्नुहोस् पुरस्कार लैजानुहोस् भनेर प्रतियोगीता गरे के होला ?
यो बर्ष त करोड क्लबमा पुग्ने फिल्मको भिड नै लागेको छ । भदौ १ गतेबाट चलेको ब्ल्याक फिल्मले पनि करोड ग्रस ३ दिनमै गर्यो रे । निर्माताले यही आँकडा दिएका छन् । त्यो भन्दा अगाडि भैरे फिल्मले पनि करोड कमायो । अभिनेता आर्यन सिग्देलको कायरा फिल्मले पनि करोड ग्रस गरेको थियो ।
शिल्पा पोखरेलको मुख्य भूमिका रहेको विराङ्गना फिल्मले पनि करोड कमायो भन्दै केक काटिएको थियो । बोबीले पनि करोड कमायो । कोहलपुर एक्सप्रेस, सुनकेशरी सबै फिल्मले करोड कमाए । करोड कमाउने फिल्मको त यति धेरै भिड लाग्यो कि, ४ महिनामै निर्माता मालामाल । अब, करोड नकमाउने फिल्म खोजेर पुरस्कार दिदा के होला ?

आइटम गीतमा जम्दै वर्षा सिवाकोटी

रेखालाई बेनिशाको करिअरको चिन्ता

पल र करिश्मालाई कती हतार ?

जताततै स्वस्तिमा

निश्चलसँग फिल्म गरेपछि स्वस्तिमाको प्रशंसा नै प्रशंसा
_1K2RpWMqh9_xab27tnubq43azrglygwvoolehh3h6uzc4cwyqj1hafkgroeljph7miww65a_dv3YlHBppK_y3vjhpehzhgkzt3nxbipqq7xtywutpuytdoihkbzlexduakkblr5zhlf8p2b.jpg)
वर्षाको प्रचारः फिल्मको कुरा एकातिर, डिभोर्सको चर्चा चारैतिर

विरामी अनमोल: ठमठम हिँड्दै प्रहरी, सरकारी वकिल कार्यालय र अदालत पुगे !

प्रतिक्रिया