छक्का पञ्जा ३ को दोस्रो गीत ‘पछि उमेर ढल्किन्छ’ छायाङ्कन (फोटो फिचर)

‘फिल्म छक्का पञ्जा ३’ को दोस्रो गीतको छायाँकन भैरहेको छ । ‘पछि उमेर ढल्किन्छ फेरी काल पल्किन्छ’ बोलको गीतमा अर्जुन पोखरेलको स्वर तथा संगीत रहेको छ भने शब्द रचना दिपकराज गिरी तथा गायक पोखरेलकै रहेको छ । गीतमा महाराज थापाले संगीत संयोजन गरेका छन् । गीतको भिडियोमा कबिराज गहतराजको कोरियोग्राफी रहेको छ भने छायाङ्कन पुरुषोत्तम प्रधानले गरिरहेका छन् ।

पहिलो गीतको चर्चा पछी फिल्म यूनिट दोश्रो गीत छायाङ्कनका लागि यतिबेला नवलपरासी स्थित सास्वत धाम पुगेका छन । दीपाश्री निरौलाको निर्देशन रहेको फिल्ममा दीपकराज गिरी, जितु नेपाल, शिवहरी पौडेल, केदार घिमिरे, वुद्दि तामाङ लगायतका कलाकारहरुसँगै यस पटक नायिका दीपिका प्रसाई ‘छक्का पन्जा’ टिममा जोडिएकी छिन् भने नायिका प्रियंका कार्की विशेष अतिथिको भूमिकामा देखिने छिन् । फिल्ममा पुरुषोत्तम प्रधानको छायाङ्कन रहनेछ । फिल्म दशैँको फूलपातिबाट प्रदर्शनमा आउनेछ ।