आँप जोडीको ‘कर्कलो पात’

पल शाह र आँचल शर्मा अभिनीत नयाँ म्युजिक भिडियो ‘कर्कलो पात’ सार्वजनिक भएको छ । गीतमा मेलिना राई र राज खाम्बुको स्वर रहेको छ भने रत्न शम्शेर थापाको शब्द रहेको छ । गीतको भिडियोलाई सान थापाले निर्देशन गरेका हुन् । भिडियोमा अर्जुन तिवारीको छायाङ्कन रहेको छ भने गीतको सङ्गीत संयोजन राजन इशानको रहेको छ ।