‘धूम – ४’ मा सलमानलाई रिप्लेस गर्दै शाहरुखको इन्ट्री

- मेराेफिल्म

सुपर हिट फिल्म ‘धूम’को चौथो भागमा बलिउड अभिनेता शाहरुख खान फाइनल भएका छन् । यसअघि फिल्मका लागी अर्का अभिनेता सलमान खान फाइनल भएका थिए । रेस ३ को लफडा तथा फिल्मबाट मुनाफा मागे पछि निर्माता आदित्य चोपडाले सलमानको स्थानमा शाहरुखलाई फाइनल गरेका हुन् ।

फिल्ममा शाहरुख भिलेनको भूमिकामा देखिदै छन् । यसअघि शाहरुखले आदित्य चोपडाको फिल्म डर र बाजिगरमा भिलेनको रूपमा काम गरिसकेका छन् । फिल्म विजय कृष्णले निर्देशन गर्दैछन् । फिल्ममा शाहरुख भिलेनको भूमिकामा हुने फाइनल भए पनि हालसम्म नायक को हुनेछ निर्माण पक्षले खुलाएको छैन ।

२०७५ भदौ ६ गते १२:४५ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *