‘सीतारा भरेको सारीमा’ अशिष्मा नकर्मी

लक्ष्मी खरेल थापाको स्वरमा तीज गीत ‘सीतारा भरेको सारीमा’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । नेपाली हिन्दू नारीहरुको महान चाड हरितालिका तीजको अवसर पारेर तयार पारीएको यो गीतलाई बिमला अधिकारी देवकोटाले लेखेकी हुन भने नरेन्द्र प्यासीले संगीत भरेका छन् । म्युजिक भिडियोलाई सुरेश दर्पण पोखरेलले निर्देशन गरेका छन भने डान्सको जिम्मा रीमा रेले सम्हालेकी छन् । सुरेशकै प्रोडक्सन हाउस मायाले प्रस्तुत गरेको यस भिडियोमा अशिष्मा नकर्मीले मोडलिङ गरेकी छन् ।