भारतीय अभिनेत्री सन्नी लियोनीलाई लिएर नेपाली फिल्म ‘पासवर्ड’ बन्दै

बलिउड नायिका सन्नी लियोनी नेपाली फिल्ममा अनुबन्धीत भएकी छन् । उनीसँग स्क्रिन सेयर गर्दै छन् नायक अनुप बिक्रम शाही । नेपाली फिल्म ‘पासवर्ड’ मा यी दुईले सँगै काम गर्ने भएका हुन् । अगस्ट २६ बाट फ्लोरमा जाने फिल्मको लागी सन्नि र अनुप लण्डन प्रस्थान गर्दैछन् । छायाँकार तथा प्राविधिक सहितको टोली यसअघि नै नेपालबाट बेलायत पुगिसकेको छ । फिल्मलाई बिक्रम जोशीले निर्माण गर्न लागेका हुन् ।
सन्नीको नेपाली फिल्ममा अनुबन्धलाइ प्रष्ट्याउँदै बिक्रमले भने, ‘नेपाली फिल्मलाई नयाँ उचाइ दिन नेपाली र बलिउड कलाकारको फ्यूजन जोड्नको लागी नै सन्नीलाई लिएका हौँ, गुणस्तरिय फिल्म निर्माणमा चुनौती पनि छ तर त्यसलाई मैले अबसरको रुपमा लिएको छु ।’
अमित बस्नेत र हिरल जोशीको समेत लगानी रहने फिल्ममा छुल्ठिम गुरुङ, बुद्धि तामाङ, बिक्रान्त बस्नेत, रविन्द्र झा, प्रविण खतिवडा, लिशा सुनार, परि राना लगायतको अभिनय रहने छ । लण्डनसँगै बर्नमाउथ र ससेक्स लगायतका स्थानहरुमा फिल्म खिचिने बताइएको छ । २०१९ को सुरुवातमा रिलिज टार्गेट गरिएको फिल्ममा सन्निले एक आइटम दृश्य दिनेछिन् भने केहि भाग अभिनयमा पनि हुनेछिन् । एबि इन्टरटेन्मेन्टको ब्यानरमा बन्ने फिल्मलाई सौरभ लामाले खिच्नेछन् भने कोरियोग्राफी रामजी लामिछानेको रहने छ ।

‘तेल भिसा’मा जोडिइन् वर्षा, विपिनसँग छैटौं पटक जोडी बाँध्दै

‘चित्रा’को पोष्टरमा सन्तोष, अर्पण, प्रमोद, मेनुका, शुभेक्षा र अन्जना

अरिजित सिंहले नेपाली राष्ट्रिय झण्डा ओड्दा राजेश पायलको प्रश्न

फिल्ममा सफ्ट, सोसल मिडियामा बोल्ड आँचल

३ फिल्म बनाउँदै रोहित, ‘बरिष्ठ बलराम’मा दयाहाङको इन्ट्री

‘बगान’बाट निर्देशनमा कति सफल सरोज खनाल ?

करिअर जोडिएको फिल्मको प्रचारमा मौन छन् आकाश श्रेष्ठ

प्रतिक्रिया