‘जय श्री दाम’ फस्ट लुक पोस्टर सार्वजनिक

पौष २० गते रिलिज मिति राख्दै फिल्म ‘जय श्री दाम’ ले अफिसियल फर्स्टलुक पोस्टर सार्वजनिक गरेको छ । पोस्टरमा फिल्मका मुख्य तीन अभिनेता अमृत ढुङ्गाना, विनोद न्यौपाने र साजन खतिवडालाई चित्रित गरिएको छ भने मुख्य पात्र जेबिका कार्की अटाएकी छैनन् । कमेडी कथामा निर्माण गरिएको फिल्मको पोस्टरमा मुख्य पात्रलाई सोहि अनुसार प्रस्तुत गरिएको छ । राजन खतिवडा पण्डितको भेषमा छन् भने अमृत र विनोदले गमलालाई नमस्ते गर्दै गरेको अवस्थामा देखिन्छन्।

मङ्की टेम्पल प्रोडक्सन, क्रेजी ह्याण्डस् प्रोडक्सन र नेशनल मिडिया प्रोडक्सनको संयुक्त ब्यानरमा बनेको फिल्मलाई बिप्लव उप्रेतीले निर्देशन गरेका हुन् । फिल्मको कार्यकारी निर्मातामा पृथ्वी उप्रेती र मनोज उप्रेती छन् भने सह-निर्मातामा मित्र डि गुरुङ र रविन आचार्य रहेका छन् । निर्देशक उप्रेतीसँगै अमरदिप सापकोटाको पटकथा रहेको ‘जय श्री दाम’लाई मित्र डि गुरुङको सम्पादन छ । रविन आचार्य डिओपी रहँदा क्यामेरामेन नवराज उप्रेती रहेका छन् । फिल्ममा संगीत सुशान्त गौतमको रहेको छ । फिल्ममा अमृत ढुङ्गाना, राजन खतिवडा, जेबिका कार्की, विनोद न्यौपानेसँगै प्रमोद अग्रहरी र विष्णु सापकोटा पनि मुख्य भुमिका रहेको छ ।