हल्लै हल्लामा सुदर्शन र पलको सम्बन्ध

तपाईसँग फिल्म नै साइन गरेको छैन भन्नु भयो त सुदर्शन थापाले भनेर पत्रकारले अभिनेता पल शाहलाई प्रश्न सोधिदिए । पल पनि के कम । निर्देशकले हो भनेपछि होला भनिदिए । उनले सुदर्शनले के भनेका थिए भनेर खासै थाहा पाउने प्रयास गरेनन् । पलले त फिल्ममा काम गर्न लाग्दा भएका असमझदारीको पोको नै खोले । सुदर्शनसँग असन्तुष्टी रहेको पनि खुलाए । उनको टिम र उनको पार्टनरसँगको सम्बन्धको कुरा पनि खुलाए । पत्रकारले लहरो तानेका थिए, पलले पहरो नै खसाइदिए ।

पलले पहरो नै खसाएपछि निर्देशक थापाले बल्ल फेसबुकबाट कुरा खोले । उनले, आफूले ३ महिना अघि पललाई साइन गरेको र रामकहानी चलेपछि मात्र यो कुरा गर्ने बताए । तर, सुदर्शनको स्पष्टिकरण आइसक्दा पलको बयानले उनको टिम भित्र उथलपुथल मच्चिसकेको थियो ।

सुदर्शनले सुरुमै हो भनिदिएको भए पनि पहरो तानिदैनथ्यो होला ? पलले पनि सुदर्शनसँग कुरा वुझेर बोलेको भए यतिसाह्रो चर्चा हुदैनथ्यो होला । तर, पल र सुदर्शनको सम्बन्ध भने हल्लै हल्लामा टाढा हुने त होइन भन्ने माहोल बनेको छ ।