डीआरलाई घुमाउँदै जेनेलिया (भिडियो)

- मेराेफिल्म

गायक तथा संगीतकार राजेन्द्र बजगाईंको नयाँ गीत ‘घुमायो मायाले’ सार्वजनिक भएको छ । गीतमा भुवन शर्मा कँडेलको शब्द र केशव बडुको संगीत संयोजन रहेको छ । सार्वजनिक गीतको भिडियोमा डीआर अधिकारी र जेनेलिया श्रेष्ठको अभिनय रहेको छ ।

सुबोल थापाको निर्देशनमा बनेको भिडियोमा ज्ञानेन्द्र शर्माको छायांकन, नबिन निरौलाको सम्पादन रहेको छ । भिडियोलाई जनता डिजिटल फिल्मले निर्माण गरेको हो । बजगाईंका यसअघि ‘बर्खाको पानी’, ‘झ्याम्मै मायालु’, ‘टेन्डर’, ‘झमक झमक’, ‘ट्राफिक जाम’ जस्ता गीत सार्वजनिक भइसकेका छन् ।

२०७५ भदौ ७ गते ९:२८ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *