अजय देवगन र कंगना रनावट टक्कर

अजय देवगन, रकुल प्रीत र तबू स्टारर फिल्म ‘दे दे प्यार दे’ को रिलिज डेट पछाडी सरेको छ । फिल्म अब २२ फेब्रुअरी २०१९ मा रिलिज हुनेछ । यहि दिन कंगना र राजकुमार रावको साइकोलोजीकल थ्रिलर फिल्म ‘मेन्टल हे क्या’ पनि रिलिज हुनेछ । यसै कारण यी दुइको टक्कर हुने कुरा नकार्न सकिन्न ।

दशैंमा रिलिज हुने भनिएको अजय देवगनको फिल्म सो समयमा समेत अर्जुन कपुरको ‘नमस्ते इंग्ल्याण्ड’ सँग जुध्ने थियो । सुटिंगको केहि काम बाकी भएको भन्दै रिलिज डेट सारिएको हो । अब यस बर्ष ७ डिसेम्बरमा देवगनको फिल्म ‘टोटल धमाल’ मात्रै दर्शक माझ आउने भएको छ ।

यसै पनि अजय देवगन र कंगना एक अर्का सँग टाढा नै रहन चाहन्छन् । ‘वन्स अपन अ टाइम इन मुम्बई’ को समयमा यी दुइको अफेयरको चर्चा चलेको थियो । यहि कुरा काजल सम्म पुगेको कारण उनले अजयलाई दुरी बढाउन भनेको कारण यी दुई नजिक रहदैनन् । एक इन्टरभ्युमा कंगनाले विवाहित एक्टरसँगको रिलेसन नै आफ्नो गल्ति भएको भन्दै स्वीकारोक्ति समेत दिएकी थिइन् ।