‘कृष ४’ मा प्रियंका चोपडा फाइनल

ऋतिक रोशनको फिल्म ‘कृष ४’ मा एक्ट्रेस को होला भन्ने बारे लामो समयबाट चर्चा चलिरहेको थियो । ताजा रिपोर्ट हेर्दा ऋतिकसँग फेरी एक पटक प्रियंका चोपडालाई देख्न पाईने भएको छ । प्रियंका फिल्ममा फाइनल भएकी छन् भने अन्य स्टार कास्टको पनि चाडै एक कार्यक्रम बीच अफिसियल घोषणा गरिने निर्माण टिमले जानकारी दिएको छ । कृष ४ २०२० मा रिलिज हुनेछ ।

ऋतिक र प्रियंकाको जोडी कृष ३ मा पनि थियो । राकेश रोशन यो जोडीलाई अगिल्लो फिल्ममा पनि निरन्तरता दिन चाहन्छन । भारत छोडे पछी प्रियंका पनि कुनै एक ठुलो प्रोजेक्टको पर्खाइमा थिइन् । यहि समय कृषमा जोडिनु उनको लागी फलदायी हुने अनुमान गर्न सकिन्छ । कृष् ४ को सुटिंग २०१९को सुरुमा हुने छ । हाल फिल्मको स्क्रिप्टको काम चलिरहेको छ । कोई मिल्गया, कृष, कृष ३ यी तिनै फिल्म बक्स अफिसमा सुपरहिट भएका थिए । दर्शकले यो सिरिज धेरै नै मन पराएका छन् ।